श्रेयस र शशांकको शानदार ब्याटिङ, गुजरातसामु २ सय ४४ रनको लक्ष्य
अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौँ खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्स सामु जितका लागि २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४३ रन बनाएको हो ।
टोलीका लागि कप्तान श्रेयस ऐयरले शानदार ब्याटिङ गर्दै ४२ बलमा नटआउट रहेर ९७ रन जोडे । उनले ५ चौका र ९ छक्का हिर्काए ।
ओपनर प्रियांश आर्याले ४७ रनको योगदान दिए । उनले २३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले १५ बलमा २० रन जोडे ।
खेलको अन्त्यतिर शशांक सिंहले तीव्र गतिमा रन बनाउँदै मात्र १६ बलमा ४४ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।
अजमतुल्लाह ओमरजाईले १५ बलमा १६ रन बनाए । प्रभसिमरन सिंह ५ रन तथा ग्लेन म्याक्सवेल शून्य रनमा पभेलियन फर्किएका थिए । गुजरातका लागि साई किशोरले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडा र रासिद खानको नाममा एक–एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026