गाजाबाट दक्षिणी इजरायलमा दुई वटा रकेट प्रहार
बुधबार, १३ चैत २०८१, २० : २९
जेरुसेलम । इजरायल रक्षा बल (आइडीएफ) ले बुधबार बिहान गाजापट्टीबाट दक्षिणी इजरायलतर्फ दुई वटा रकेट प्रहार गरेको जनाएको छ ।
रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो । सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जमिनमा खसेको जनाएको छ ।
सो हमला बारे विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आइडीएफले बुधबार बिहान सबेरै सो आक्रमण भएपनि क्षतिको बारेमा भने केही प्राप्त नभएको जनाएको छ ।
प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे) को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरू विरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृङ्खला’ प्रहार गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
-
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण