यूएईमा नेपाल फेस्टिभल हुने
काठमाडौँ । 'नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव' भन्ने नाराका साथ यूएईको दुबईमा नेपाल फेस्टिभलको हुने भएको छ । २० अप्रिलमा दुबईस्थित क्रिक पार्कमा हुने उक्त फेस्टिभलमा करिब १५ हजार नेपाली तथा विदेशी दर्शकहरूको उपस्थिति रहने विश्वास गरिएको नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए ।
नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए यूएईका र नेपाली समाज यूएई, नेपाल आदिवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ, यूएई शाखा, क्रियाशील बिभिन्न वैचारिक संस्था तथा संगठन, जिल्ला तथा भेगीय संस्था, जातीय, क्षेत्रीय, धार्मिक तथा वर्गीय विभिन्न संघ संस्थाहरूको आयोजनामा फेस्टिभल हुन लागेको हो ।
फेस्टिभल नेपालको कला संस्कृति, भेसभुसा, नेपाली खाना, हस्तकला एवम् नेपालको पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार तथा प्रवर्द्धनमा महत्त्वपूर्ण रहेको एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले बताए ।
फेस्टिभलमा कलाकारहरू सन्दीप क्षेत्री, नम्रता श्रेष्ठ, शान्तिश्री परियार, अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान, बम बहादुर कार्की, अस्मिता रनपाललगायतको प्रस्तुति रहनेछ ।
नेपाललाई चिनाउने कार्यक्रम भएकाले साथ दिन उपाध्यक्ष ठकुरीले सबैलाई अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण