पूर्वराजा ज्ञानेन्द्रप्रति शङ्कर पोखरेलको टिप्पणी– उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्वार्थको रोटी सेक्न पूर्वपञ्चमहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको गुणगान गाएको आरोप लगाएका छन् । ज्ञानेन्द्र अधिराजकुमार रहेको बेला राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषय पूर्वपञ्चमहरूले नै सार्वजनिक गरेको बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । तर आम जनताले उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेको उनको उल्लेख गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्व पञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्व पञ्चहरूले उनको गुणगान गाउनु बेग्लै कुरा हो । तर आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्’, पोखरेलले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
-
मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन
-
ट्रम्पद्वारा इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द
-
वाल्मीकि विद्यापीठको नक्ली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण