श्रीमतीलाई कुटेको आरोपमा म्यानचेस्टर सिटीका पूर्वखेलाडीलाई जेल सजाय
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका पूर्वखेलाडी जोय बार्टोन श्रीमतीलाई कुटपिट गरेको आरोपमा दोषी देखिएका छन् । अदालतले उनलाई दोषी ठहर गर्दै १२ साताको काराबास सजाय सुनाएको छ ।
आफ्नो समयका प्रभावशाली मिडफिल्डर ४२ वर्षीय बार्टोनमाथि श्रीमीतलाई शारीरिक र मानसिक यातना दिएको आरोप लागेको थियो । सन् २०२१ को जुनमा उनकी पत्नीले आफूलाई भुइँमा लडाएर लात्तले टाउको र अनुहारमा हिर्काएको भन्दै बार्टोनविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् ।
पछिल्लो समय बार्टोन प्रशिक्षण कार्यमा सक्रिय थिए । न्यायालयले उनलाई दुई वर्षका लागि निलम्बन गर्ने निर्णय पनि गरेको छ । बार्टोनले म्यानचेस्टर सिटीका अतिरिक्त न्युक्यासल युनाइटेड, बर्नली, रेन्जर्स लगायतका क्लबबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।
उनले इङ्ल्यान्ड यू–२१ र सिनियर राष्ट्रिय टोलीबाट पनि केही खेल खेलेका थिए । काराबासको सजाय सुनाइएपछि बार्टोनले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । उनले न्यायालयको निर्णयविरुद्ध पुनरावेदन गर्ने पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण