कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु अनुचित: विश्वप्रकाश
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद् अवरुद्ध गर्नु उचित नभएको बताएका छन् ।
बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको विषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताएका हुन् ।
सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उनले बताए । यद्यपि शर्माले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको बताए ।
शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको जिकिर गरे ।
उनले केही महिना मात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको धारणा राखे । विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समेत जटिलता उत्पन्न भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण