भोलि भृकुटीमण्डपमा हुने समाजवादी मोर्चाको विरोधसभामा कुन दलले कहाँबाट जुलुस निकाल्दैछन् ?

काठमाडौँ । भोलि(शुक्रबार) काठमाडौँको भृकुटीमण्डपमा हुने चार दलीय समाजवादी मोर्चाले निकाल्ने जुलुसको रुट तय भएको छ । बिहान ११ बजे जम्मा हुने रुटहरूमा नेकपा माओवादी केन्द्रले पूर्वमा बबरमहल, दक्षिणमा कुपन्डोल, पश्चिममा त्रिपुरेश्वर र उत्तरपश्चिममा सोह्रखुट्टेमा जम्मा भएर शान्तिबाटिका आउने तय गरिएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले मैतीदेवी, डिल्लीबजार चोक हुँदै शान्तिबाटिका आउनेछन् । विप्लव नेतृत्वको नेकपाले सुनधारा जम्मा भएर शान्तिबाटिका आउनेछन् भने महिन्द्र राय यादव नेतृत्वको नेसपाले न्यूरोड गेटमा जम्मा भएर शान्तिबाटिका आउने मोर्चाका नेताहरूले बताएका छन् ।
यी सबै जुलुस शान्तिबाटिकामा मिसिएर भृकुटीमण्डपतर्फ अगाडि बढ्नेछ । बुधवार बसेको मोर्चाको बैठकले जुलुस निकाल्ने ठाउँ, नारा र समय निश्चित गरेको थियो । सभा दिउँसो १ बजेबाट सुरु हुने प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
कुन दलले कहाँ नेतृत्व गर्दैछ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित
-
सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी
-
नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
-
दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’