कस्तो छ बीपी राजमार्गको पछिल्लो अवस्था ? तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । गत वर्षको असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले बितण्डा मच्चायो । बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएपछि अहिले अस्थायी रुपमा सडक सञ्चालन भइरहेको छ ।
१ सय ६० किलोमिटर लामो राजमार्गको २८ किलोमिटर क्षेत्र बाढीका कारण क्षतिग्रस्त भएको छ । “असोजमै तर्साइसकेको छ हामीलाई । नार्केमा मात्रै होइन यहाँभन्दा माथि पानी पर्यो भने मात्रै पनि खोलाले बगरमा हान्न आइपुग्छ । यता बजारमा अलिक सुरक्षित महसुस गरेका छौं तर पानी पर्यो भने डर चैं लागि नै रहन्छ,” नार्केमा पसल व्यवसाय गरेर बसेकी मुना तामाङ्ले रातोपाटीसँग भनिन् ।
सडक विभागका अनुसार गत असोजमा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडकखण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको छ । बाँकी खण्डमा भने भत्केर क्षतिग्रस्त बनेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त भएको र पूर्ण रुपमा वगेको सडक खण्डलाई ४ भागमा बर्गीकरण गरेर त्यसमध्ये ३ टुक्रा खण्डको पुनर्निर्माण गर्न ठेक्का आह्वान गरिसकेको छ । ४ भागमध्ये तीन भाग काभ्रेप्लाञ्चोक र एक भाग सिन्धुली जिल्लाभित्र पर्छ ।
सरकारले आफ्नै खर्चमा निर्माण गर्नेगरी अहिले तीन टुक्रामा भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन अन्तर्गत मूल्य अभिवृद्धि कर सहित २ अर्ब ५४ करोड लागतको चारसयवेसी–भकुन्डेवेसी (११ किलोमिटर) खण्डको एउटा ठेक्का आह्वान गरिसकेको छ ।
त्यस्तै सोही डिभिजन अन्तर्गत २ अर्ब ४७ करोड लागतको डल्लावेसी–चारसयवेसी (साढे ८ किलोमिटर) र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन अन्तर्गत १ अर्ब लागतको नेपालथोक–बर्खेखोला खण्ड (५ किलोमिटर) को सडक तत्काल पुनर्निर्माण र पहिरो नियन्त्रणसम्बन्धी ठेक्का आह्वान गरेको छ ।
तर सानो पानी पर्दा पनि काभ्रेप्लाञ्चोकको रोशी खोलामा बाढी आउँदा अवागमन भने अवरुद्ध हुँदै आएको छ । अहिले यो सडकखण्डमा पानी नपर्दाको समयमा भने धुलो उडेर कुहिरिमण्डल हुने गरेको छ ।
प्रिमनसुन मै पनि भारी वर्षा भएपछि रोशी खोलामा आएको बाढीका कारण डाइभर्सन बगाउँदा गत साता मात्रै २० घण्टा आवागमन अवरुद्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
-
स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
-
न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे