आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

आइतबार, ०४ जेठ २०८२, १७ : २४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • पूर्वप्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्तिका लागि युवा जसरी देश दौडाहमा लागेको बताएका छन् । उनले बाँकी क्रान्ति पुरा गर्न साथ दिन आग्रह गरे।
  • प्रचण्डले माओवादीको त्याग र बलिदानले मजदुर, किसान, दलित, जनजाति र महिलाले अधिकार पाएको दाबी गरे। उनले गणतन्त्रको रक्षाका लागि अपिल गरे।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि २५/३० वर्षको युवा जसरी देश दौडाहमा लागेको बताएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत आइतबार दैलेखको सदरमुकाममा आयोजित सभालाई सम्बोधन गरेका उनले बाँकी क्रान्ति पुरा गर्न आफूलाई साथ दिन अपिल गरे । 

‘हुन त यहाँ अन्य नेताभन्दा एक/दुई वर्ष जेठो छु । म ७० वर्ष नाघे पनि तपाईंले देख्नुभएको छ– २५/३० वर्षको जवान जसरी त्यसै दौडेको होइन । बाँकी क्रान्ति पुरा गर्ने उद्देश्यले दौडेको हो । त्यसैले हाम्रो अभियानलाई साथ दिन म अपिल गर्छु’, उनले भने ।

मजदुर, किसान, दलित, जनजाति, महिलाले अहिले जे जति अधिकार पाएका छन्, त्यो माओवादीका त्याग, तपस्या र बलिदानले पाएको प्रचण्डले दाबी गरे । तर अहिले यथास्थितिवादी र प्रतिगामीहरूले यसलाई खोस्न चाहेको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अझ अगाडि बढाउन चाहेका बताए । 

त्यसका निम्ति निर्धक्क भएर टोल टोल र घरघरमा गएर जनतासँग यी कुरा बताइदिन अपिल गर्दै उनले भने– ‘आउने समयमा माओवादी बलियो हुँदा दलित बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा महिला बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा मजदुर र किसान बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा नेपाल बलियो हुनेवाला छ । त्यसकारण यो कुनै घमन्डको कुरा होइन । यो ऐतिहासिक तथ्य हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप