बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्तिका लागि युवा जसरी देश दौडाहमा लागेको बताएका छन् । उनले बाँकी क्रान्ति पुरा गर्न साथ दिन आग्रह गरे।
- प्रचण्डले माओवादीको त्याग र बलिदानले मजदुर, किसान, दलित, जनजाति र महिलाले अधिकार पाएको दाबी गरे। उनले गणतन्त्रको रक्षाका लागि अपिल गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिका लागि २५/३० वर्षको युवा जसरी देश दौडाहमा लागेको बताएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत आइतबार दैलेखको सदरमुकाममा आयोजित सभालाई सम्बोधन गरेका उनले बाँकी क्रान्ति पुरा गर्न आफूलाई साथ दिन अपिल गरे ।
‘हुन त यहाँ अन्य नेताभन्दा एक/दुई वर्ष जेठो छु । म ७० वर्ष नाघे पनि तपाईंले देख्नुभएको छ– २५/३० वर्षको जवान जसरी त्यसै दौडेको होइन । बाँकी क्रान्ति पुरा गर्ने उद्देश्यले दौडेको हो । त्यसैले हाम्रो अभियानलाई साथ दिन म अपिल गर्छु’, उनले भने ।
मजदुर, किसान, दलित, जनजाति, महिलाले अहिले जे जति अधिकार पाएका छन्, त्यो माओवादीका त्याग, तपस्या र बलिदानले पाएको प्रचण्डले दाबी गरे । तर अहिले यथास्थितिवादी र प्रतिगामीहरूले यसलाई खोस्न चाहेको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अझ अगाडि बढाउन चाहेका बताए ।
त्यसका निम्ति निर्धक्क भएर टोल टोल र घरघरमा गएर जनतासँग यी कुरा बताइदिन अपिल गर्दै उनले भने– ‘आउने समयमा माओवादी बलियो हुँदा दलित बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा महिला बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा मजदुर र किसान बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा नेपाल बलियो हुनेवाला छ । त्यसकारण यो कुनै घमन्डको कुरा होइन । यो ऐतिहासिक तथ्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विधेयकमा संशोधन : पर्यटन प्राधिकरण स्थापना, पर्वतारोहण नियमन र स्थानीय रोयल्टी
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण