दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’
आइतबार, ०४ जेठ २०८२, १७ : २६

काठमाडौंँ । गायिका प्रीति आलेको नयाँ गीत ‘चाहिँदैन भो’ सावर्जनिक भएको छ ।
लय, शब्द तथा निर्देशनसमेत उनकै रहेको गीत उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गीत लागुऔषध दुर्व्यसनीविरुद्ध रहेको छ । एलओेडी क्लबमा छायांकन भएको भिडियोमा प्रीतिका अलावा प्रकाश सपुत, सुशील नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्काको अभिनय छ ।
‘हाम्रो समाजमा लागुऔषधले धेरैको घरपरिवार बिग्रिएको देखेको छु,’ आलेले भनिन्, 'युवा पुस्तालाई लागुऔषध दुर्व्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम लिएकी हुँ ।’
लागुऔषधले प्रयोगकर्तालाई मात्र नभई परिवार र आफन्तलाई समेत नोक्सान पुर्याउने भिडियोमा सन्देश छ । गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ