दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’
आइतबार, ०४ जेठ २०८२, १७ : २६
काठमाडौंँ । गायिका प्रीति आलेको नयाँ गीत ‘चाहिँदैन भो’ सावर्जनिक भएको छ ।
लय, शब्द तथा निर्देशनसमेत उनकै रहेको गीत उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गीत लागुऔषध दुर्व्यसनीविरुद्ध रहेको छ । एलओेडी क्लबमा छायांकन भएको भिडियोमा प्रीतिका अलावा प्रकाश सपुत, सुशील नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्काको अभिनय छ ।
‘हाम्रो समाजमा लागुऔषधले धेरैको घरपरिवार बिग्रिएको देखेको छु,’ आलेले भनिन्, 'युवा पुस्तालाई लागुऔषध दुर्व्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम लिएकी हुँ ।’
लागुऔषधले प्रयोगकर्तालाई मात्र नभई परिवार र आफन्तलाई समेत नोक्सान पुर्याउने भिडियोमा सन्देश छ । गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण