वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् । गत आवको आठ महिनामा रु तीन खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्राइएका थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए ।
उनका अनुसार चालु आवको आठ महिनामा रु एक खर्ब २२ अर्ब २० करोड मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने रु एक खर्ब २० अर्ब ५३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।
यो नाका हुँदै चालु आवको आठ महिनामा रु २९ अर्ब २९ करोड मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको पनि सोही समयमा भटमासको कच्चा पदार्थ रु पाँच अर्ब ७८ करोड मूल्य बराबरको भित्रिएको थियो । चालु आवको आठ महिनामा रु २२ अर्ब ५१ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आवको सोही अवधिमा रु २१ अर्ब ९४ करोड मूल्य बराबरको आयात भएको थियो ।
चालु आवको आठ महिनामा रु २१ अर्ब ६७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुजा आयात भएको छ भने गत आवमा रु १८ अर्ब ६५ करोड मूल्य पर्ने सोही सामान आयात भएको थियो । चालु आवको आठ महिनामा रु ११ अर्ब ६८ करोड मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएका छन् ।
गत आवको सोही अवधिमा रु १० अर्ब १० करोड मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण