म्यानमारमा शक्तिशाली भूकम्प, भारत र थाइल्याण्डसम्म धक्का
शुक्रबार, १५ चैत २०८१, १२ : ३५
काठमाडौँ । म्यानमार शुक्रबार शक्तिशाली भूकम्प गएको छ । यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ ।
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ ।
केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो । हालसम्म क्षतिको विवरण भने प्राप्त हुनसकेको छैन ।
भारतीय मिडियाहरुले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । उता, थाइल्याण्डकाे राजधानी बैंककमा पनि भूकम्पले मज्जाले हल्लाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण