बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना नियन्त्रणमा
बारा । बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट चैत्र १५ गते सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरू मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ वर्षीय मिलन भोलान र ४७ वर्षीय गोपाल प्रसाद गौतम छन् ।
हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा अफिमसहित नियन्त्रणमा लिइएको हो । साथै उनीहरूको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोबाइल लगायतका सामानहरू समेत बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद लागूऔषध, गाडी लगायतका सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण