रमेश लेखकलाई माधवको प्रश्न : प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेकाे हाे ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईँको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरूले तोडफोड गरी पुर्याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् ।
शुक्रवार राजावादीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्याएका थिए । सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरू बताउँछन् ।
गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो । तपाईँको आदेश नमानेको हो कि हामीलाई शङ्का त त्यो लागिरहेको छ ।’
राजावादीहरूले शुक्रवार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरू र जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्र लगायतका सम्पत्तिहरूमा आगजनी गरेका थिए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने