अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित
आइतबार, १७ चैत २०८१, १६ : ०७
काठमाडौँ । नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कांस्य पदक जितेको थियो ।
कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्ष उमेर समूहको लङजम्पमा रजत जितेका थिए । पुरुष ८०–८५ वर्ष उमेर समूहको एक हजार पाँच सय मिटर दौडमा गीर्वाणविक्रम शाह र ५५–६० वर्ष उमेर समूहको पाँच हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य पदक जितेका थिए ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाइ शर्माले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण