क्रिकेट सङ्घले निःशुल्क टिकट मागेर हैरान पारेको भन्दै घरेलु मैदान परिवर्तन गर्ने सनराइजर्स हैदराबादको चेतावनी
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदान परिवर्तन गर्ने चेतावनी दिएको छ । सनराइजर्स हैदराबादको ब्यवस्थापन पक्षले हैदराबाद क्रिकेट एसोसिएसनमाथि गम्भीर आरोप लगाउँदै आफ्नो घरेलु मैदान परिवर्तन गर्ने चेतावनी दिएको हो ।
हैदराबाद क्रिकेट एसोसिएसनका पदाधिकारीले अनावश्यक रुपमा निःशुल्क टिकट मागेर हैरान पारेको आरोप सनराइजर्स हैदराबादको व्यवस्थापनले लगाएको छ । यस विषयमा आफूहरुले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० मा उजुरी गर्ने चेतावनी पनि सनराइजर्स हैदराबादले दिएको छ ।
हैदराबादस्थित राजिव गान्धी स्टेडियम सनराइजर्सको घरेलु मैदान हो । सनराइजर्स हैदराबादका व्यवस्थापकले हैदराबाद क्रिकेट एसोसिएसनका कोषाध्यक्ष सीजे श्रीनिवासलाई पत्र लेख्दै आफूहरु कुनै प्रकारको हस्तक्षेप सहने पक्षमा नरहेको बताएका छन् । पत्रमा सनराइजर्सका व्यवस्थापकले हैदराबाद क्रिकेट एसोसिएसनका अध्यक्ष जगन मोहन रावको व्यवहारप्रति पनि रोष व्यक्त गरेका छन् । क्रिकेट एसोसिएसनका पदाधिकारीहरु सनराइर्जप्रति नकारात्मक रहेको आरोप पनि लगाइएको छ ।
राजिव गान्धी स्टेडियममा सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबिच खेल हुँदा क्रिकेट एसोसिएसनका पदाधिकारीहरुले भीआईपी बक्सको सबै टिकटमाथि कब्जा जमाएर आफूहरुलाई दुःख दिएको आरोप पनि सनराइजर्सले लगाएको छ ।
‘हामीलाई निरन्तर दुःख दिइँदैछ । ठुलो सँख्यामा निःशुल्क टिकट मागिन्छ । हामीले आफ्ना साझेदारलाई पनि पास उपलब्ध गराउनु पर्छ । तर, पास र टिकटजति सबै क्रिकेट एसोसिएसनका पदाधिकारीहरुले लैजान्छन्,’ सनराइजर्सका व्यवस्थापकले भनेका छन् ।
सनराइजर्सले आफ्ना साझेदारहरुलाई तीन हजार नौ सय टिकट उपलब्ध गराउनु पर्ने हुन्छ । हैदराबाद क्रिकेट एसोसिएसनका पदाधिकारीको लागि ५० वटा टिकट आरक्षित गरिएको छ । तर, क्रिकेट एसोसिएसनका पदाधिकारीहरुले भने थप निःशुल्क टिकट मागेर हैरान पार्ने गरेको सनराइजर्सको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण