काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब
काठमाडौँ । काठमाडौँ उपत्यका पाँच स्थानको वायु खराब भएको छ । वातावरण विभागका अनुसार शंखपार्क, रत्नपार्क, भैंसैपाटी, खुमालल्टार र भक्तपुर क्षेत्रको वायु खराब भएको हो । विभागका अनुसार आज दिउँसो १ः ३७ बजे यी क्षेत्रको वायु १६० देखि १८१ एक्यूआई छ ।
शंखपार्कको १८१ एक्यूआई, रत्नपार्क १६३ एक्यूआई, भैसैपाटी १६२ एक्यूआई, खुमल्टार १६४ एक्यूआई र भक्तपुर १६० एक्यूआई रहेको छ । एक्यूआई भनेको प्रदूषण मापन गर्ने प्रणाली हो ।
स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्ने विभागले जनाएको छ ।
एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यो श्वासप्रश्वासबाट मानव स्वास्थ्यमा हानी पुर्याउने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण