हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य हुँदैन: पौडेल
काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका छन् ।
सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अहिले देखिएको विकृति र विसङ्गति अन्त्य गर्न आफूहरू तयार रहेको भन्दै हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका हुन् ।
पौडेलले लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको सुधारिएको उन्नत र परिष्कृत लोकतन्त्र मात्र भएको धारणा राखे । नागरिक अधिकार, आफैले निर्वाचित गरेको जनप्रतिनिधि, बोल्न पाउने अधिकार लगायतका विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने सबैले बुझ्नुपर्ने उनले बताए ।
स्वास्थ्य मन्त्री पौडेलले निजी मेडिकल कलेजहरूले चिकित्सकहरूलाई दिइने सुविधा बारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको बिन्दु पहिल्याउने कार्य भइरहेको जानकारी दिए । उनले आफूहरूले ल्याउन लागेको स्वास्थ्य बिमाको योजना कार्यान्वयन भएमा स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण