हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य हुँदैन: पौडेल

काठमाडौँ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका छन् ।
सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अहिले देखिएको विकृति र विसङ्गति अन्त्य गर्न आफूहरू तयार रहेको भन्दै हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका हुन् ।
पौडेलले लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको सुधारिएको उन्नत र परिष्कृत लोकतन्त्र मात्र भएको धारणा राखे । नागरिक अधिकार, आफैले निर्वाचित गरेको जनप्रतिनिधि, बोल्न पाउने अधिकार लगायतका विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने सबैले बुझ्नुपर्ने उनले बताए ।
स्वास्थ्य मन्त्री पौडेलले निजी मेडिकल कलेजहरूले चिकित्सकहरूलाई दिइने सुविधा बारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको बिन्दु पहिल्याउने कार्य भइरहेको जानकारी दिए । उनले आफूहरूले ल्याउन लागेको स्वास्थ्य बिमाको योजना कार्यान्वयन भएमा स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार