आफ्नै आदर्श जोकोभिचलाई हराउँदै ऐतिहासिक उपाधि चुमे ज्याकब मेनसिकले
काठमाडौँ । चेक गणतन्त्रका किशोर ज्याकब मेनसिकले आफूभन्दा निकै प्रभावशाली सर्बियन खेलाडी नोभाक जोकोभिचलाई स्तब्ध पार्दै मियामी ओपन टेनिस प्रतियोगिताको उपाधि उचालेका छन् ।
१९ वर्षीय ज्याकबले फाइनलमा ३७ वर्षीय जोकोभिचलाई ७–६(४), ७–६(४) अंकले हराउँदै उपाधिमाथि कब्जा जमाएका हुन् । ज्याकबको उत्कृष्ट प्रदर्शनसामु निरीह बनेका जोकोभिचको आफ्नो खेल जीवनमा एक सयौँ टुर उपाधि जित्ने सपना चकनाचुर भएको छ ।
चौथो वरीयतामा आसिन योकोभिच ६ पटकका च्याम्पियन हुन् । ज्याकब मियामी ओपनको इतिहासमा उपाधि उचाल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् । सबैभन्दा कम उमेरमा मियामी ओपनको उपाधि जित्ने खेलाडी भने कार्लोस अल्कारेज हुन् ।
अल्कारेजले सन् २०२२ मा केवल १८ वर्षको उमेरमा मियामी ओपनको उपाधि जितेका थिए । ‘मलाई थाहा छैन यस्तो स्थितिमा के प्रतिक्रिया दिनु पर्छ । तर, अझसम्म आफैलाई विश्वास लागिरहेको छैन । उपाधिभन्दा पनि जोकोभिचलाई हराउनु मेरा लागि अविश्वसनीय सफलता हो,’ ज्याकबले भनेका छन् ।
जोकोभिच २४ पटक ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जित्ने खेलाडी हुन् । यसबाट पनि उनको महानता प्रमाणित हुन्छ । त्यसैले पनि ज्याकबले उपाधिभन्दा जोकोभिचलाई हराउनु आफ्ना लागि ठुलो उपलब्धि भनेर प्रतिक्रिया दिएको हुनसक्छ ।
जोकोभिचले हालसम्म १० पटक अस्ट्रेलियन ओपन र तीनपटक फ्रेन्च ओपनको एकल उपाधि जितिसकेका छन् । यसका अतिरिक्त उनले सातपटक विम्बल्डन र चारपटक यूएस ओपनको उपाधि पनि जितेका छन् ।
ज्याकबको आदर्श खेलाडी पनि हुन्, जोकोभिच । उनले यसअघि साँघाई ओपनमा पनि जोकोभिचसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला क्वार्टरफाइनलमा जोकोभिचले ज्याकबलाई पराजित गरेका थिए । ‘फाइनलमा जोकोभिचलाई हराउनुभन्दा कठिन काम टेनिस कोर्टमा अरु हुनै सक्दैन,’ ज्याक भन्छन् ।
मियामी ओपनको फाइनलमा आफूभन्दा निकै कान्छा खेलाडीसँग स्तब्ध हँदा पनि जोकोभिच खासै विचलित देखिएनन् । जोकोभिच भन्छन्, ‘यो ज्याकबको क्षण हो, यो उनको राष्ट्रको क्षण हो र यो उनको परिवारको क्षण पनि हो । अविश्वासिलो प्रदर्शनका लागि तिमीलाई हृदयदेखि नै बधाई छ ।’
मियामी ओपनको फाइनल खेल फ्लोरिडामा वर्षाका कारण निर्धारित समयभन्दा करिब ६ घण्टा ढिलो सुरु भएको थियो । खेलका क्रममा जोकोभिचको दायाँ आँखामा समस्या देखिएको मियामी ओपनको आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण