स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
काठमाडौँ । विश्व स्क्वास वरीयताको पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमबार एक कार्यक्रमको आयोजना गरी स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ ।
गोलानले एक सात नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिनेछन् । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा थिए । उनले पीएसए विश्व टुरमा ३३ उपाधि जितेका छन् । उनी १७ पटकको स्पेनका राष्ट्रिय च्याम्पियन पनि हुन् ।
दुई पटक युरोपेली एकल च्याम्पियन रहिसकेका गोलानले स्पेनको राष्ट्रिय टोलीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा नेतृत्व पनि गरेका छन् । सन् २०२३ मा गोलानले खेलाडी जीवनबाट सन्यास लिएका थिए । त्यसपछि उनले स्क्वास एकेडेमीको स्थापना गरेका थिए ।
उनको एकेडेमीले युवा खेलाडी उत्पादनमा सहयोग गर्ने गर्छ । सोही एकेडेमीमा नेपालका स्क्वास खेलाडी अमृत थापामगर पनि प्रशिक्षण लिइरहेका छन् ।
४२ वर्षीय प्रशिक्षक गोलानले नेपालको बारेमा धेरै सुनेको बताउँदै आफू नेपाली स्क्वास खेलाडीलाई थप उत्प्रेरित गर्ने लक्ष्यसहित नेपाल आएको बताए । नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष धुर्वबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली स्क्वास खेलाडीको स्तर अझ राम्रो हुने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण