कूटनीति
कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी
सोमबार, १८ चैत २०८१, २० : २०
काठमाडौँ । कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ।
उक्त निर्णयलाई मन्त्रालयले मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमको रूपमा उल्लेख गर्दै यसले नेपाल–कतार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।
नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत आममाफीका लागि अनुरोध गरेको थियो । जसलाई कतार सरकारले स्वीकार गर्दै नेपाली नागरिकहरूलाई आममाफी दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण