एउटा ऐतिहासिक क्रिकेट ट्रफीको अन्त्य
काठमाडौँ । भारत र इङ्ल्यान्डको टोलीबिच लामो समयदेखि ‘पटौदी ट्रफी’ क्रिकेट शृंखला खेलिँदै आएको थियो । यो शृंखला टेस्ट ढाँचामा खेलाइन्थ्यो । आफ्नो समयका चर्चित भारतीय क्रिकेटर मंसुर अली खान पटौदीको सम्मानमा यो शृंखला आयोजना गरिन्थ्यो ।
तर, अब यो शृंखलाले निरन्तरता नपाउने भएको छ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले यो शृंखलालाई निरन्तरता नदिने निर्णय गरेको छ । पटौदी ट्रफी पहिलो पटक सन् २००७ मा आयोजना गरिएको थियो ।
इङ्ल्यान्डलाई १–० ले हराउँदै पहिलो शृंखलाको उपाधि भारतले जितेको थियो । आगामी जुन–जुलाईमा भारतीय टोली इङ्ल्यान्ड भ्रमणमा जाँदैछ । सोही भ्रमणको अवसर पारेर औपचारिक रूपमा पटौदी ट्रफी अन्त्य भएको घोषणा गरिने समाचारमा जनाइएको छ ।
यो ऐतिहासिक ट्रफीलाई किन अन्त्य गर्न लागिएको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । पटौदी ट्रफीको स्थानमा कुनै अर्का महान् खेलाडीको नाममा नयाँ प्रतियोगिता सुरु गर्ने तयारी भइरहेको अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै प्रतियोगिता सुरु भएपछि त्यसलाई औपचारिक रूपमै अन्त्य गरेको घटना निकै कम पाइन्छ । यसअघि इङ्ल्यान्ड र वेस्ट इन्डिजबिच खेलिँदै आएको एउटा पुरानो प्रतियोगिता ‘विसडन ट्रफी’ औपचारिक रूपमै अन्त्य गरिएको इतिहास भने छ ।
त्यतिबेला ‘विसडन ट्रफी’ अन्त्य गरेर त्यसको सट्टा ‘रिचर्ड–बोथम ट्रफी’ सुरु गरिएको थियो । मंसुर अली खान पटौदी आफ्नो समयका प्रभावशाली क्रिकेटर थिए । उनी भारतीय टोलीका पूर्वकप्तान पनि थिए । उनले सन् १९६१ देखि सन् १९७५ को बिचमा भारतका लागि ४६ टेस्ट खेलेका थिए ।
उनले टेस्ट क्रिकेटमा कुल दुई हजार सात सय ९३ रन बनाएका थिए । आफ्नो सक्रिय खेलजीवनमा उनले ६ शतक र १६ वटा अर्धशतक पनि प्रहार गरेका थिए । उनले ४० टेस्टमा भारतीय टोलीको कप्तानको भूमिका निर्वाह गरेका थिए ।
युवा अवस्थामै एक दुर्घटनामा परी उनको आँखामा चोट लागेको थियो । त्यो दुर्घटनाको केही महिनापछि नै उनी केवल २१ वर्षको उमेरमा भारतीय टेस्ट टोलीको कप्तान बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण