यौन उत्पीडनको आरोप लागेका पूर्व कोरियाली सांसद मृत भेटिए
सोल । दक्षिण कोरियामा एकपछि अर्को बबाल भइरहेको छ । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सांसदको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको छ । पूर्व सांसद चाङ्ग जे–वोन सोलमा मृत फेला परेको प्रहरीले मंगलबार जनाएको छ ।
उनीमाथि २०१५ मा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । सोमबार राति राजधानीको पूर्वी भागमा रहेको एक स्टुडियोमा चाङ मृत फेला परेको सोल महानगरीय प्रहरी एजेन्सीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा एउटा नोट फेला पारेको छ । उनको मृत्युबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले थप जानकारी दिएको छैन । चाङले लामो समयसम्म राजनीतिमा जमेर बसेका थिए । कन्जरभेटिभ दलबाट तीन कार्यकालसम्म उनी सांसद पनि भए ।
उनी महाभियोग लगाइएका राष्ट्रपति युन सुक येओलका प्रमुख सहयोगी पनि थिए । उनीमाथि २०१५ को नोभेम्बरमा होटलमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यतिबेला उनी बुसानको एक विश्वविद्यालयमा उपाध्यक्ष थिए ।
चाङले गत महिना फेसबुक पोस्टमा आफूमाथिका आरोपहरू अस्वीकार गरेका थिए । उनले यसलाई एकतर्फी दाबी भनेका थिए । आफ्नो सम्मान जोगाउन कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि उनले जनाएका थिए । यसैबिच, महिलाका वकिल किम जे–र्युनले चाङको मृत्युको खबर आएपछि मंगलबार हुने भनिएको पत्रकार सम्मेलन रद्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण