वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह
मङ्गलबार, १९ चैत २०८१, १३ : १४
वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।
आम जनता पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।
‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उनले भने, ‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण