म्यानचेस्टर सिटीका प्रभावशाली अर्लिङ हालान्ड लामो समय मैदान बाहिर

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रभावशाली स्ट्राइकर अर्लिङ हालान्ड लामो समय मैदान बाहिर रहने भएका छन् । नर्वेका चर्चित स्ट्राइकर हालान्ड एफए कप फुटबलको क्वार्टरफाइनल खेलका क्रममा घाइते भएका थिए ।
एफए कपको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ गोलले हराएको थियो । उनको खुट्टाको गोलीगाँठोमा गम्भीर चोट लागेको थियो । सोही कारणले उनी लामो समय मैदान बाहिर रहने समाचारमा जनाइएको छ ।
आइतबार राति खेलिएको बर्नमाउथविरुद्धको खेलमा हालान्डले पनि गोल गरेका थिए । उनले जारी सिजन क्लबका लागि गरेको यो ३०औँ गोल हो । सोही खेलमा उनी घाइते हुन पुगेका थिए । उनलाई बर्नमाउथका खेलाडी लुइस कुकले ट्याकल गरेका थिए ।
विस्तृत स्वास्थ्य परीक्षणपछि चिकित्सकले उनको चोट गम्भीर रहेको बताएका छन् । त्यसैले उनी लामो समय मैदानबाट बाहिर रहने जनाइएको छ । यद्यपि, उनको अझै केही परीक्षण बाँकी रहेको चिकित्सकले जनाएका छन् । म्यान सिटीले एफए कपको सेमिफाइनलमा नटिङ्घम फरेष्टको सामना गर्नेछ । सेमिफाइनल अप्रिल २६ तारिखमा वेम्बलीमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी