म्यानचेस्टर सिटीका प्रभावशाली अर्लिङ हालान्ड लामो समय मैदान बाहिर
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रभावशाली स्ट्राइकर अर्लिङ हालान्ड लामो समय मैदान बाहिर रहने भएका छन् । नर्वेका चर्चित स्ट्राइकर हालान्ड एफए कप फुटबलको क्वार्टरफाइनल खेलका क्रममा घाइते भएका थिए ।
एफए कपको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई २–१ गोलले हराएको थियो । उनको खुट्टाको गोलीगाँठोमा गम्भीर चोट लागेको थियो । सोही कारणले उनी लामो समय मैदान बाहिर रहने समाचारमा जनाइएको छ ।
आइतबार राति खेलिएको बर्नमाउथविरुद्धको खेलमा हालान्डले पनि गोल गरेका थिए । उनले जारी सिजन क्लबका लागि गरेको यो ३०औँ गोल हो । सोही खेलमा उनी घाइते हुन पुगेका थिए । उनलाई बर्नमाउथका खेलाडी लुइस कुकले ट्याकल गरेका थिए ।
विस्तृत स्वास्थ्य परीक्षणपछि चिकित्सकले उनको चोट गम्भीर रहेको बताएका छन् । त्यसैले उनी लामो समय मैदानबाट बाहिर रहने जनाइएको छ । यद्यपि, उनको अझै केही परीक्षण बाँकी रहेको चिकित्सकले जनाएका छन् । म्यान सिटीले एफए कपको सेमिफाइनलमा नटिङ्घम फरेष्टको सामना गर्नेछ । सेमिफाइनल अप्रिल २६ तारिखमा वेम्बलीमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण