सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विगतको सहमति कार्यान्वयन नभएसम्म संसद बैठक चल्न नसक्ने चेतावनी दिएको छ । मंगलबार बसेको माओवदी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा बैठक चल्न नसक्ने निर्णय गरेको हो ।
सरकारले झुक्काउने र ढाट्ने काम गरेको भन्दै माओवादी संसदीय दलको बैठकले प्रदेशसभा बैठक चल्न नसक्ने निर्णय गरेको सांसद युवराज दुलाल ‘शरद’ले जानकारी दिए । उनकाअनुसार विगतमा सरकारले बजेटमाथिको सहमति गर्दै सांसदहरुको छुटेका योजना समेट्ने जनाएको थियो । सोही सहमतिअनुसार सांसदहरुले संसदीय दलमार्फत योजना उपलब्ध गराए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।
सरकार ढाँट र छलबाट अघि बढेको आरोप लगाउँदै आफ्नो गल्ती सच्याएर संसदहरुले पेश गरेका योजनामा बजेट नदिएसम्म संसदको काम कार्वाही अघि बढ्न नसक्ने संसदीय दलको निर्णय रहेको उनको भनाई छ ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालकाअनुसार दलको तर्फबाट पेश भएका बजेट कार्यक्रमहरू कार्यान्वयनको चरणमा अघि नबढाएसम्म संसदको गतिविधिहरु अघि बढ्न नसक्ने निर्णय भएको हो । सरकारले प्रतिपक्षसँग गरेका सहमतिअनुसार बजेट कार्यक्रम कार्यान्वयनका चरणमा अघि बढाएर संसद सञ्चालनको वातावरण तयार गर्नुपर्ने उनले बताए ।
उनका अनुसार संसदीय दलको बैठकले सहकारी मन्त्री मधुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्याको विषयमा संसदीय छानबिन समिति गठन गरेर अघि बढ्नुपर्ने माग राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण