चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले आगामी ट्रान्सफर विन्डोमा चेल्सीका युवा मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउने तयारी अगाडि बढाएको छ । २४ वर्षीय अर्जेन्टिनी खेलाडी दुई वर्षअघि चेल्सीमा आबद्ध भएका थिए ।
रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेज पनि एन्जोलाई क्लबमा भित्राउन इच्छुक रहेको समाचारमा जनाइएको छ । अध्यक्ष पेरेजले लामो समयदेखि आफूले एन्जोको खेललाई नतिकबाट नियालिरहेको पनि बताएका छन् ।
उनले आफूहरु छिट्टै एन्जोको प्रतिनिधिलाई भेटेर छलफल अगाडि बढाउने योजनामा रहेको जानकारी दिएका छन् । रियल म्याड्रिले एन्जोलाई लामो समयका लागि क्लबमा भित्राउन चाहेको पनि अध्यक्ष पेरेजले जनाएका छन् ।
एन्जोको मागअनुसार, उनलाई भित्राउन रियल म्याड्रिडले १० करोड युरो खर्चनु पर्ने अवस्था छ । रियल म्याड्रिडका लागि यो रकम भने चिन्ताको विषय बन्न सक्छ । सन् २०२३ मा पोर्चुगिज क्लब बेनफिकाबाट चेल्सीमा आबद्ध भएका थिए ।
त्यसयता एन्जोले आफूले चेल्सीको प्रभावशाली खेलाडीको सूचिमा स्थापित गराएका छन् । उनले चेल्सीसँग लामो समयका लागि सम्झौता गरेका छन् । चेल्सीसँग उनको सम्झौता अवधि सन् २०३३ मा सकिने छ ।
चेल्सीले भने तत्काल एन्जोलाई बिक्री गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । एन्जो अर्जेन्टिनी राष्ट्रिय टोलीका पनि प्रभावशाली सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा.तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण