नेपाल सुपर लिग फुटबल
नेपाल सुपर लिगमा धनगढीको गोल वर्षा
मङ्गलबार, १९ चैत २०८१, २१ : १४
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीमाथि सहज जित हात पारेको छ । मंगलबार भएको खेलमा धनगढीले बुटवललाई ४–१ गोलअन्तरले हराएको हो ।
खेलको सुरुवातमा नै अहमद हिजाजीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, केन्टा हाराले ३०औँ मिनेटमा बुटवलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ७४ औँ मिनेटमा कृतिष रत्न छुन्जुले पुनः धनगढीलाई अग्रता दिलाए । इन्जुरी समयमा बुटवलले थप दुई गोल खान पुग्यो । हिजाजीले व्यक्तिगत दोस्रो गोल गरे भने सर्जियो बारबोजा जुनियरले अर्को गोल थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण