बागमती प्रदेशसभा अधिवेशन अन्त्य
हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक अन्त्य गरिएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेबाट प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा अधिवेशन अन्त्यका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरे पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य बैठक सञ्चालन गर्न सहमत नभएपछि बुधबार १ बजेका लागि बैठक सारिएको थियो ।
प्रतिपक्षीले बजेटसम्बन्धी विवादका कारण बैठक सञ्चालनमा अवरोध गर्ने भएपछि प्रदेश सरकारले अधिवेशन नै अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण