बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स

विनोद चौधरी १७६३औं स्थानमा, सम्पत्ति २० करोड डलर बढ्यो
बुधबार, २० चैत २०८१, १९ : ५१
बुधबार, २० चैत २०८१

काठमाडौं । विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो । 

उक्त सूचीको सबैभन्दा माथिल्लो स्थानमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन् । अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) का प्रमुख समेत रहेका उनी ३०० अर्ब डलरसहित पहिलो नम्बरमा रहेका हुन् । त्यस्तै, फेसबुकको आधिकारिक कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग र अमेजनका संस्थापक जेफ बेजोस क्रमशः २१६ र २१५ अर्ब डलरसहित दोस्रो र तेस्रो स्थानमा छन् । 

अन्य १२ जनाको सम्पत्ति १०० बिलियन डलर भन्दा धेरै छ । वनार्ड अनर्डको परिवार, वारेन बफेट, लारी पेज, बर्नार्ड अरनल्ट र परिवार, वारेन बफेट, ल्यारी पेज, सर्गेई ब्रिन, अमान्सियो ओर्टेग, स्टीव बाल्मर, रोब वाल्टन र परिवार, जिम वाल्टन र परिवार, बिल गेट्स, माइकल ब्लूमबर्ग र एलेस वाल्टन रहेका छन् । 

नेपालका अर्बपतिमा अहिले पनि विनोद चौधरीको एकमात्र नाम रहेको छ । उनी २ बिलियन डलर सम्पत्तिसहित १७६३ औं स्थानमा छन् । गत वर्ष १ अर्ब ८० करोड अमेरिकी डलर सम्पीत्त रहेको उनको यो वर्ष २० करोड डलरले सम्पत्ति बढेको फोब्सले जनाएको छ । 

यो वर्ष चीनबाट टिकटकका संस्थापक झाङ यिमिङ ६५ दशमलब ५ बिलियन डलरसहित पहिलो नम्बरमा छन् । त्यस्तै, भारतबाट मुकेश अम्बानी ९२ दशमलब ५ डलरसहित पहिलो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप