नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
बुधबार, २० चैत २०८१, १९ : ५७
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन् ।
माधव कुमार नेपाल नेतृत्वको उक्त पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो ।
अध्यक्षमा चयन भएका खड्कासहित विभिन्न पदाधिकारीहरू पनि निर्वाचित भएका छन् । धनबहादुर बोहरा र शिवबहादुर कुँवरलाई उपाध्यक्षमा चयन गरिएको छ भने सुरेन्द्रमान कार्की सचिवमा निर्वाचित भएका छन् । त्यसैगरी, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीको संगठन सुदृढीकरण र सुदूरपश्चिम प्रदेशको विकासमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण