मदिरा सेवन गरी लफडा गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ
बुटवल । बर्दियाको बार बर्दिया नगरपालिकाकामा अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय दीपक आचार्यलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
बार बर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय दीपक आचार्यले कार्यालय समयमा मदिरा खाई कार्य भित्र टेबल तोडफोड गर्ने र हो हल्ला गरेपछि नियन्त्रणमा लिएर राखिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
उनले भर्ने –'उहाँलाई हामीले गएराति नियन्त्रण लिएका छौ, अहिले अभद्र व्यवहारमा नियन्त्रणमा लिएको हो, कुन मुद्दा चलाउने कसरी जाने भन्ने अव मेयर साहेब आएपछि छलफल हुन्छ। '
उनले कार्यालयमा अभद्र व्यवहारपछि सामाजिक सञ्जालमा मेयर तथा उपमेयरविरुद्ध विभिन्न लान्छना लगाउँदै लामो स्टट्यटस समेत लेखेका थिए । पालिकाले अभद्र व्यवहारसम्बन्धी र साइबर क्राइम सम्बन्धी उजुरी दिने नगरपालिका प्रमुख छविलाल थारुले रातोपाटीलाई बताए ।
खास के भएको थियो ?
प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले मङ्गलवार दिउँसो मदिराले मातेर कार्यालयमा आएर उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गई झैझगडा गर्नुका साथै उद्दण्ड व्यवहार प्रदर्शन गरेका थिए । मेयर र उपमेयरलाई सडक छाप बनाइदिने धम्की समेत उनले दिएका थिए।
मदिराले मातेर कार्यालय आएपछि नगर प्रमुख छविलाल थारुले प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले मङ्गलवार नै नियन्त्रणमा लिएको थियो । मापसे चेक गराउँदा प्रमुख प्रशासकीय अधिकृतले मापसे गरेको पुष्टि भएको थियो । सोही दिन साँझ उनलाई प्रहरी छोडेको थियो । फेरि सामाजिक सञ्जालमार्फत मेयर तथा उपमेयरलाई गालीगलौज गरेपछि मोबाइल अफ गरेर उनी सम्पर्कविहीन भएका थिए । उनलाई बुधबार राति पुनः पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण