सन् २०३१ को महिला विश्वकप अमेरिकामा र त्यसपछि संस्करण संयुक्त अधिराज्यमा
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३५ को महिला विश्वकप फुटबल प्रतियोगिता आयोजनाको दौडमा संयुक्त अधिराज्य निर्विकल्प दाबेदारका रूपमा देखिएको प्रतिक्रिया दिएका छन् ।
इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले उक्त विश्वकप आयोजनाका लागि संयुक्त रूपमा दाबी प्रस्तुत गरेका थिए । फिफाको रोटेशन नियम अनुसार, उक्त विश्वकप युरोप वा अफ्रिकामा आयोजना हुनुपर्छ ।
स्पेन फुटबल महासंघका अध्यक्ष राफेल लुजानले गत साता आफूहरूले पोर्चुगल र मोरक्कोसँग मिलेर सन् २०३५ को महिला विश्वकप आयोजना गर्ने बताएका थिए । उनले उक्त विश्वकप आयोजनाका लागि संयुक्त दाबी पत्र प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।
तर, महिला विश्वकप आयोजनाका लागि दाबी गर्ने अन्तिम समय सोमबार नै सकिएको छ । यो अवधिमा अन्य राष्ट्रले दाबी प्रस्तुत नगरेकाले फिफा अध्यक्ष इन्फान्टिनोले संयुक्त अधिराज्यलाई निर्विकल्प दाबेदार भनेका हुन् ।
यसको अर्थ उक्त विश्वकप अब संयुक्त अधिराज्यमै आयोजना हुनेछ । ‘सन् २०३५ को फिफा महिला विश्वकपका लागि संयुक्त अधिराज्यबाहेक अन्य कसैले दाबी प्रस्तुत गरेनन् । त्यसैले विश्वकपको उक्त संस्करण त्यहीँ आयोजना हुनेछ,’ इन्फान्टिनोले भनेका छन् ।
त्यसअघि सन् २०३१ को फिफा महिला विश्वकप भने अमेरिकामा आयोजना हुनेछ । ‘सन् २०३१ को महिला विश्वकप आयोजनाका लागि अमेरिका र सन् २०३५ को महिला विश्वकप आयोजनाका लागि संयुक्त अधिराज्यले मात्र दाबी प्रस्तुत गरे,’ उनले बेलग्रेडमा आयोजित यूईएफएको साधारण सभाका क्रममा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण