बजेट कार्यान्वयनका विषयमा समितिले कर्णाली प्रदेशमा अनुगमन गर्ने
काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा कर्णाली प्रदेशमा अनुगमन गर्ने भएको छ ।
बिहीबार बसेको समिति बैठकले संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम,त्यसको आधारमा बनेको बजेटका आधारमा कर्णाली प्रदेशमा कार्यान्वयनको अवस्थाका विषयमा अनुगमन गर्ने निर्णय गरेको हो ।
समिति सभापति ठाकुरप्रसाद गैरेले समितिले कर्णाली प्रदेशमा संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाको विषयमा अनुगमन गर्ने निर्णय भएको बताए ।
उनले सरकारले अगाडि सारेको वार्षिक नीति तथा कार्यक्रम,त्यसको आधारमा बनेको बजेट कार्यान्वयनको अवस्था कृषि, विद्युत्, खानेपानी,शिक्षा,स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित विषयमा त्यसको कार्यान्वयनको प्रगतिको अवस्था बारेमा अनुगमन गरिने बताए ।
उनका अनुसार समितिले कर्णाली प्रदेशमा सरकारको नीति कार्यक्रम र बजेट कार्यान्वयनको अनुगमन र मूल्याङ्कन गर्ने हिसाबले कर्णाली प्रदेश वैशाख ७ गतेदेखि १३ गतेसम्म अनुगमन गर्ने निर्णय गरिएको जानकारी दिए ।
‘सरकारले अगाडि सारेको वार्षिक नीति तथा कार्यक्रम,त्यसको आधारमा बनेको बजेट कार्यान्वयनको अवस्था कृषि, विद्युत्, खानेपानी,शिक्षा,स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित विषयमा त्यसको कार्यान्वयनको प्रगतिको अवस्था के छ ,‘ सभापति गैरेले भने,‘ नीति अनुसारको कार्यक्रम बनेको छ वा छैन । बनेको कार्यक्रम कार्यान्वयन भएको छ वा छैन । त्यसको प्रतिफल के आएको छ ।भन्ने विषयको अनुगमन र मूल्याङ्कन गर्ने हिसाबले समितिले कर्णाली प्रदेश वैशाख ७ गतेदेखि १३ गतेसम्म अनुगमन गर्ने निर्णय गरेका छौँ ।’
उनले चालु आर्थिकमा संघीय सरकारले बनाएको नीति कार्यक्रम र बजेटका विषयमा कर्णाली प्रदेशभर अनुगमन गरिने बताए ।
उनले राज्यको नीति अनुसारका नीतिहरू बनेकी बनेन र बनेको नीति र छुट्याएको कार्यक्रम कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्ने तयारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण