नेतान्याहूको भ्रमणअघि हंगेरीद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग्ने घोषणा
काठमाडौँ । हंगेरीले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने घोषणा गरेको छ। हंगेरी सरकारले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने प्रक्रिया सुरु गर्ने बताएको छ।
सदस्यता छोड्ने सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय कानून र संवैधानिक ढाँचा अनुसार हुने बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू चाँडै हंगेरीको राजधानी बुडापेस्टको भ्रमणमा जाँदै गर्दा हंगेरीको यो घोषणा आएको हो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा नरसंहार गरेको आरोपमा नेतान्याहू विरुद्ध वारेन्ट जारी गरेको थियो। दक्षिणपन्थी भिक्टर ओर्बनको नेतृत्वमा रहेको हंगेरी सरकारले गत वर्ष नोभेम्बरमा नेतान्याहूलाई हंगेरी भ्रमण गर्न आमन्त्रित गरेको थियो।
अदालतले नेतान्याहू विरुद्ध वारेन्ट जारी गरेपछि मात्र यो निमन्त्रणा दिइएको थियो। भिक्टर ओर्बनलाई नेतान्याहूको नजिकको मानिन्छ र उनले नेतान्याहू विरुद्ध जारी गरिएको पक्राउ वारेन्टलाई निर्लज्ज र निन्दनीय बताएका थिए।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य भएको नाताले नियमअनुसार नेतान्याहू विरुद्ध जारी गरिएको वारेन्टका कारण हंगेरीले हंगेरी आइपुग्दा नेतान्याहूलाई हिरासतमा लिनु पर्ने थियो । यस्तोमा हंगेरीले सदस्यता त्याग्ने घोषणा गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण