मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

पारा विश्व पौडी सिरिजमा २ खेलाडी

बिहीबार, २१ चैत २०८१, १७ : ४९
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइ तथा १ सय ५० मिटर व्यक्तिगत मिड्लेमा खेल्ने छन् । समना ५० मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागी हुने छिन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

व्यवस्थापकमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राखेपकी सदस्य अञ्जना श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शनिबार जापान प्रस्थान गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप