विषालु सर्पले डस्योः महिलाले त्यसलाई समातेर आफूसँगै अस्पताल पुर्याइन्
भारतको उत्तर प्रदेशस्थित बहराइचमा एक महिलालाई सर्पले टोक्यो । सर्पले टोकेको घटना रोचक त पक्कै होइन तर त्यसपछि उनले जुन तरिका अपनाइन् त्यो भने पक्कै रोचक छ ।
भारतीय संचार माध्यमका अनुसार शौचालय जाने क्रममा टोकेको सर्पलाई उनले लठ्ठी र आफ्नो साडीको मद्दतले समातिन् र एउटा डिब्बामा हालेर बन्द गरिन् । त्यसपछि उपचारका लागि अस्पताल जाँदा सर्पलाई पनि सँगै लगिन् ।
स्रोतका अनुसार अमिरकला मंगलबार राती शौचका लागि खेततर्फ जाँदै थिइन् । त्यति नै बेला उनलाई एक विषालु सर्पले डस्यो । उनले सर्पलाई देख्ने बित्तिकै चिच्याइन् र लठ्ठी र साडीको मद्दतले त्यसलाई समात्न सफल भइन् । ठूलो आवाज सुनेर त्यहाँ पुगेका अन्य व्यक्तिलाई उनले घटनाबारे जानकारी दिँदै गर्दा उनले सर्पलाई एउटा डिब्बामा राखेर बन्द गरिन् ।
त्यहाँ उपस्थित अन्य व्यक्तिले उनलाई तत्काल अस्पताल पुर्याए । अस्पतालमा महिलाले सर्पलाई पनि सँगै लगिन् ।
डाक्टरका अनुसार अहिले उनको स्थिती खतरामुक्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण