वायु प्रदूषण कम गर्न काठमाडौँ महानगरको ९ बुँदे अपिल
शुक्रबार, २२ चैत २०८१, १६ : ३६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनयता काठमाडौँ उपत्यका लगायत देशैभर वायु प्रदूषण बढ्ने क्रममा रहेको बताउँदै जोखिम न्यूनीकरणमा सहयोग गर्न आग्रह गरेको छ । महानगरपालिकाले शुक्रवार सर्वसाधारणका लागि ९ बुँदे अपिल जारी गरेको हो ।
महानगरपालिकाले नियमित रूपमा आफ्ना सवारी साधन मर्मत गर्न, खुल्ला रूपमा आगो बाल्ने कार्य नगर्न, प्लास्टिकजन्य सामाग्री नजलाउन, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्न, व्यक्तिगत सुरक्षाका लागि मास्क प्रयोग गर्न अपिलमा आग्रह गरेको छ ।
महानगरपालिकाले प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर काम गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण