रुपन्देही प्रहरी भन्छः अदालतको पत्र पाएपछि मात्रै रविलाई पक्राउ गर्छौं
बुटवल । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आज लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालतको औपचारीक पत्र आएपछि प्रकाउ गर्ने रणनीति बनाएको छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देही डिएसपी एवं प्रवत्ता सुरज कार्कीले उच्च अदालत तुलसीपुर बुटवलको आदेश जिल्ला हुँदै प्रहरी कार्यलयमा औपचारीक रुपमा आएपछि प्रकाउ गर्ने योजना रहेको रातोपाटीलाई बताए ।
उनले भने अहिले अदालतको आदेश हामीसँग आएको छैन, उच्च आदेश जिल्ला अदालत हुँदै आउने हो त्यसपछि हामीले प्रकाउ गर्नेछौं ।
भोली शनिवार र आइतबार सार्वजनिक विदा भएकोले सोमवारसम्म आदेश प्रहरी कार्यलयमा औपचारिक रूपमा आउने अनुमान प्रहरीको छ । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो । सो मुद्दामा उच्चमा बिहीबारदेखि बहस सुरु भएको थियो ।
यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।
लामिछानेले एक करोड धरौटी खारेजी र साधारणा तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।
यसैगरी सरकारी वकिलको कार्यालयले भने फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण