लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन
सिरहा । लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पौष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।
“हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आयश्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ”, उनले भनिन्, “नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पौष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।”
अस्मिताजस्तै वडाका ३४ जना गर्भवती तथा १८ जना सुत्केरीले शुक्रबार पौष्टिक आहारसहितको पोषण सामग्री पाएका छन् । ती सामग्रीमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाविनलगायत खाद्यान्न सामग्री रहेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विन्देश्वर चौधरीले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षदेखि नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई ‘रोटेसन’का आधारमा प्रत्येक महिनाको २२ गतेका दिन वितरण गरिन्छ ।
नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई पोषण प्याकेज वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले उनीहरू स्वास्थ्य संस्थामा नियमित जाँच गर्न थालेको अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् ।
गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने शिशु स्वास्थ्य होस भन्ने चाहनाले सुत्केरी तथा गर्भवतीलाई पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । उनले भने, “सुत्केरी अवस्थामा अति विपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यसमेतमा समस्या हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”
नगरपालिकाभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि पोषण ‘प्याकेज’को यस कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण