बाराबाट ११ किलोभन्दा बढी चरेससहित एक जना पक्राउ
बारा । बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थितबाट ११.६८ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मोटरसाइकल र लागुऔषध चरेससहित मकवानपुरको थाहा नगरपालिका–६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा मोटरसाइकलबाट ठूलो परिमाणमा चरेस बरामद भएको बारा प्रहरीले जनाएको छ ।
हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तौल गर्दा प्लास्टिक सहित उक्त लागुऔषधको तौल ११.६८ किलो रहेको पुष्टि भएको छ।
पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण