राहुलको शानदार ब्याटिङ, चेन्नईले पायो १ सय ८४ रनको लक्ष्य
शनिबार, २३ चैत २०८१, १७ : ३१
चेन्नई । केएल राहुलको शानदार ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससामु जितका लागि १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० को १७ औँ खेलमा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको हो । अन्तिम अओभरमा आउट हुनअघि राहुलले मात्र ५१ बलमा बलमा ७७ रन जोडे । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, अभिषेक पोरेलले २० बलमा ३३ रनको योगदान दिए । उनले ४ चौका र १ छक्का हिर्काए । कप्तान अक्षर पटेलले २१ रन तथा समीर रिज्वीले २० रन बनाए । खेलको अन्त्यतिर ट्रिस्टन स्टब्सले २४ रन जोडे ।
चेन्नईका लागि खलिल अहमदले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिए । रवीन्द्र जडेजा, नुरु अहमद र माथिसा पथिरानाले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण