दिल्लीको लगातार तेस्रो जित, चेन्नईको लगातार तेस्रो हार
काठमाडौँ । जारी आईपीएलमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ । शनिबार साँझ सकिएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्समाथि २५ रनको जित निकालेको हो ।
साथै चेन्नईले भने लगातार तीन खेलमा पराजय भोगेको छ ।
शनिबार भएको पहिलो खेलमा १८४ रनको लक्ष्य पछ्याएको चेन्नईको टोलीले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो। विजय शंकर ६९ रन बनाएर अविजित फर्किए भने एमएस धोनी ३० रन बनाएर फर्किए । दिल्लीका विपराज निगमले २ विकेट लिए । मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले एक एक विकेट लिए ।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको खेलमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । केएल राहुलले ५१ बलमा ७७ रनको इनिङ खेले । अभिषेक पोरेलले ३३ रन, ट्रिस्टन स्टब्सले २४ रन र समीर रिजभीले २० रनको योगदान दिए । खलिल अहमदले २ विकेट लिए ।
दिल्लीले तीन खेल खेल्दा चेन्नईले भने चार खेल खेलिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण