मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता

मुम्बई । मानसी घोषले सबै फाइनलिस्टहरूलाई पछि पार्दै इन्डियन आइडल सिजन १५ को ट्रफी जितेकी छिन्। उनले ग्रान्ड फिनालेमा आफ्नो उत्कृष्ट प्रदर्शनका साथ आफ्नो जित सुनिश्चित गरेकी हुन् ।
इन्डियन आइडल १५ को फाइनलमा तीन फाइनलिस्ट मानसी घोष, शुभजित चक्रवर्ती र स्नेहा शंकरबिच कडा प्रतिस्पर्धा देखियो। तीनै जनाले आफ्नो गायनले सबैलाई प्रभावित पारेका थिए । तर मानसी अरूभन्दा एक कदम अगाडि थिइन् र कार्यक्रमको विजेताको रूपमा उभिइन्। ट्रफी बाहेक, मानसीले एउटा नयाँ कार र २५ लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
मानसी घोषको प्रदर्शन सिजनभरि राम्रो रह्यो। रोमान्टिक गीतहरू होस् वा भावुक गीतहरू, मानसीले ती सबैमा आफ्नो उत्कृष्ट प्रस्तुति दिने प्रयास गरिन्। उनी आफ्नो प्रतिभाले जनताको साथै निर्णायकहरूको मन जित्न सफल भइन्। उनले संगीतको दुनियाँमा आफ्नो विशेष स्थान बनाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह