मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता
मुम्बई । मानसी घोषले सबै फाइनलिस्टहरूलाई पछि पार्दै इन्डियन आइडल सिजन १५ को ट्रफी जितेकी छिन्। उनले ग्रान्ड फिनालेमा आफ्नो उत्कृष्ट प्रदर्शनका साथ आफ्नो जित सुनिश्चित गरेकी हुन् ।
इन्डियन आइडल १५ को फाइनलमा तीन फाइनलिस्ट मानसी घोष, शुभजित चक्रवर्ती र स्नेहा शंकरबिच कडा प्रतिस्पर्धा देखियो। तीनै जनाले आफ्नो गायनले सबैलाई प्रभावित पारेका थिए । तर मानसी अरूभन्दा एक कदम अगाडि थिइन् र कार्यक्रमको विजेताको रूपमा उभिइन्। ट्रफी बाहेक, मानसीले एउटा नयाँ कार र २५ लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
मानसी घोषको प्रदर्शन सिजनभरि राम्रो रह्यो। रोमान्टिक गीतहरू होस् वा भावुक गीतहरू, मानसीले ती सबैमा आफ्नो उत्कृष्ट प्रस्तुति दिने प्रयास गरिन्। उनी आफ्नो प्रतिभाले जनताको साथै निर्णायकहरूको मन जित्न सफल भइन्। उनले संगीतको दुनियाँमा आफ्नो विशेष स्थान बनाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण