अनुहारमा फिटकिरी लगाउँदा के हुन्छ ?
काठमाडौँ । फिटकिरीले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्छ ।
कसैले यसलाई खानामा पनि प्रयोग गर्छन् । धेरैले चाँहि यसलाई छालाको हेरचाहमा प्रयोग गर्छन् । पानी शुद्ध पार्नुको अलावा यसले छालालाई धेरै फाइदाहरू प्रदान गर्न सक्छ । तर यो त्यतिवेला मात्रै सम्भव छ, जतिवेला तपाईंलाई यो कसरी सही तरिकाले प्रयोग गर्ने भनेर थाहा हुन्छ । छालाको हेरचाहमा फिटकिरी समावेश गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए यसरी गर्नुस् प्रयोगः
अनुहारमा फिटकिरी कसरी लगाउने ?
डेड स्किनका लागि,
घरबाट बाहिर निस्किदा अनुहारमा जम्मा भएको फोहोर मृत छाला अर्थात् डेड स्किनमा परिणत हुन्छ । यसलाई हटाउन फिटकिरीको स्क्रब फाइदाजनक साबित हुन सक्छ । यसका लागि गुलाबजलमा फिटकिरीको धुलो मिसाएर पेस्ट बनाएर हल्का हातले अनुहारमा मालिस गर्न सकिन्छ ।
चाउरीपनका लागि,
बढ्दो उमेरसँगै अनुहारको छाला खुकुलो हुन थाल्छ र त्यसमा चाउरी पर्न थाल्छ । यसलाई हटाउन फिटकिरीको धुलोलाई अण्डाको सेतो भाग वा एलोभेरामा मिसाएर छालामा लगाउनुहोस् अनि १५ मिनेटका लागि छाडिद्निुहोस् । त्यसपछि अनुहारलाई राम्ररी धुनुहोस् । यसले छालालाई कसिलो बनाउन र चाउरीपना कम गर्न मद्दत गर्नेछ ।
डन्डीफोरका लागि,
फिटकिरीलाई एन्टी–ब्याक्टेरियलको रूपमा पनि प्रयोग गरिन्छ । यस्तो अवस्थामा यो डन्डीफोरको समस्या हटाउन पनि लाभदायक साबित हुन सक्छ । यसका लागि फिटकिरीलाई पानीमा घोलेर टोनरको रूपमा प्रयोग गर्नुहोस् ।
चिल्लो छाला,
छाला चिल्लो छ भने तपाईंले फिटकिरीलाई पानीमा घोलेर त्यसले अनुहार धुन सक्नुहुन्छ । यसले अतिरिक्त तेल नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण