तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
सोमबार, २५ चैत २०८१, १९ : ३५
काठमाडौं । दुर्गा प्रसाईंका दाई राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईं फरार छन् । सोधपुछ गरेपछि राकेशलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने एसएसपी अधिकारीले जानकारी दिए ।
दुर्गा प्रसाईं र नवराज सुवेदीका नेतृत्वमा भएको प्रदर्शनमा दुईजनाले ज्यान गुमाएका थिए । सो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
उनीहरुलाई प्रहरीले राज्य बिरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण