दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई अटो ट्रेडर्सलाई कारबाही गरेको छ भने तीन वटाको कारबाही फुकुवा गरेको छ ।
विभागले नक्साल, त्रिपुरेश्वर, कुलेश्वर, ढुंगेअड्डा र तीनथानका अटो सेन्टरमा अनुगमन गरी कारबाही गरेको हो ।
यसमध्ये ढुंगेअड्डाको प्रकाश अटो ट्रेडर्सलाई ५० हजार जरिवाना गर्दै आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ । त्यस्तै, तीनथानाको सीटीएसको लेबल नलगाइएको कार्बोरेटर नमुना परीक्षणका लागि लैजाँदै यसको रिपोर्ट नआएसम्म र आयातीत वस्तुमा लेभल नलगाएसम्म बिक्री बितरण गर्न रोक लगाएको छ ।
त्यसबाहेक कुलेश्वरको द कार मार्ट, त्रिपुरेश्वरको बीएस इन्टरप्राइजेज, नक्सालको इभ नेपाल मोटर्समा भएको बजार अनुगमनमा दिइएको निर्देशनअनुसार कागजात पेस गरेपछि आगामी दिनमा लेभल नलगाई सामान बिक्री नगर्ने सर्तमा कारोबार फुकुवा गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण