चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार महसुल रोक्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् । ओभल अफिसभित्र पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले यस्तो अडान दोर्याएका हुन् ।
उनले बेइजिङलाई २४ घण्टा अघि प्रतिशोधात्मक शुल्क फिर्ता नलिए थप ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थोपर्ने चेतावनी समेत दिएका छन् । ट्रम्पको यही ट्यारिफ योजनाका कारण केहिदिन यता बेइजिङको अर्थात् चीनको शेयर बजार समयमा खुल्न सकिरहेको छैन भने विश्वव्यापी रुपमा शेयर बजारमा उथल-पुथल देखिएको छ ।
थप भन्सार महसुल लगाएका खण्डमा चीनबाट सामान आयात गर्ने केही अमेरिकी कम्पनीले १०४ प्रतिशत करको सामना गर्नु पर्ने बताइँदैछ । ट्रम्पको ट्यारिफ कदमका कारण युरोपको सबैभन्दा ठूलो शेयर बजार लण्डनको एफटीएसएफ १०० ले निकै ठूलो नोक्सान व्यहोरेको छ । उसले सबै सूचकमा ४ प्रतिशतभन्दा अधि गिरावटको सामना गर्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट