राप्रपा प्रदर्शन
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
मङ्गलबार, २६ चैत २०८१, १३ : ४४
काठमाडौँ । प्रतिनिधि सभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिएका छन् ।
राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजासहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गरे ।
‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’
उनले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण