बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्धताः सभामुख घिमिरे
ताशकन्द । सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । सभामुखले ७० वर्षअघि बान्डुङमा प्रारम्भ भएको भावनाले नेपाल जस्तो शान्तिप्रेमी राष्ट्रलाई प्रेरणा दिँदै आएको पनि बताए ।
‘नेपाल असङ्लग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्रको हैसियतले सबै राष्ट्रबीच शान्तिपूर्ण सहअस्तित्व र परस्पर सम्मानमा विश्वास राख्छ’, सभामुख घिमिरेको भनाइ छ । सभामुख घिमिरेले गौतम बुद्धको जन्मभूमि नेपालले ‘वसुधैव कुटुम्बकम्’ को दर्शनलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै बान्डुङ भावना आजको असमान विश्वलाई न्यायसंगत बनाउने मूल प्रेरणा बन्नसक्ने धारणा राखे ।
सभामुख घिमिरेले जलवायु परिवर्तन, डिजिटल पहुँचको असमानता र आर्थिक विषमताजस्ता समसामयिक चुनौतीहरूको सामूहिक समाधानमा संसदहरूको भूमिका निर्णायक हुने भन्दै नेपालजस्तो हिमाली राष्ट्रका लागि जलवायु न्याय अनिवार्य आवश्यकतामध्ये एक भएको उल्लेख गरे ।
सभामुख घिमिरेले नेपालको संविधानमै असङ्लग्नता र शान्तिपूर्ण मार्गको सुनिश्चितता गरिएको उल्लेख गर्दै आन्तरिक द्वन्द्वबाट लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय रहेको बताए ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको अग्रणी भूमिका बान्डुङ भावनाको जीवन्त अभिव्यक्ति भएको उनको भनाइ छ । सभामुख घिमिरेले लोकतन्त्र, शान्ति र समानताका साझा मूल्यहरूलाई संसदमार्फत सुदृढ गर्दै न्यायपूर्ण र समृद्ध विश्व निर्माणमा एकजुट हुन आह्वान समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण